चलचित्र ‘रुद्रप्रिया’ को फस्टलुक सार्वजनिक

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन ११ । नायक आर्यन सिग्देल र अभिनेत्री रेखा थापा अभिनित चलचित्र ‘रुद्रप्रिया’ को फस्टलुक सार्वजनिक भएको छ । चलचित्रको फस्ट लुकमा रेखा थापा र आर्यन सिग्देललाई देख्न सकिन्छ । पोस्टरमा एउटा छातासमेत बिम्बात्मक रूपमा देखाइएको छ । रेखाले आर्यनको हात समाएकी छिन् ।
रेखा फिल्मसको ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा सरस्वती थापा र आर्यन फिल्मस् निर्माताका रुपमा रहेका छन् । चलचित्रलाई सञ्जय लामाले खिचेका छन् भन् सुरेश अधिकारी, अर्जुन अधिकारी, अर्जुन पोखरेल र राजनराज शिवाकोटीको संगीत छ ।
चलचित्र कार्तिक २ गतेबाट देशभरबाट एकसाथ प्रदर्शनमा आउँदैछ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित