स्पेनिस ला लिगा: अलाभेसलाई हराउदै बार्सिलोनाकाे विजयी सुरुवात

काठमाडौं, भदौ ३ । स्पेनिस ला लिगा फुटबलमा साबिकको बिजेता बार्सिलोनाले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको नयाँ सिजनको पहिलो खेलमा डिपोर्टिभो अलाभेसलाई ३ – ० ले हराउदै बार्सिलोनाले सिजनको शुखद सुरुवात गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे । फिलिपे कौटिन्होको नाममा एक गोल रह्यो । क्याम्प नाउमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा तीन गोल गर्दै बार्सिलोनालेसहज जित निकालेको थियो ।

खेलको ६४ औं मिनेटमा फ्रिकिकबाट सुन्दर गोल गर्दै कप्तान मेस्सीले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । खेलको ८३ औं मिनेटमा कौटिन्होले बार्सिलोनाको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको इन्जुरी समयमा कप्तान मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३ – ० को सहज जित दिलाए ।

अलाभेसविरुद्धको ३ – ० को जितसंगै बार्सिलोनाले क्लब इतिहासमा ६ हजार गोलको कोशेढुंगा पार गरेको छ । र, बार्सिलोनाको ६ हजारौं गोल कप्तान मेस्सीको नाममा रहन गएको छ । मेस्सीले फ्रिकिकबाट पहिलो गोल गर्दै बार्सिलोनाको ६ हजारौं गोल पुरा गरेका हुन् । आठ बर्षअघि पनि मेस्सीले नै बार्सिलोनाको ५ हजारौं गोल गरेका थिए ।

यो जितसंगै बार्सिलोनाले सिजनको पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । र, बार्सिलोनाले आफुलाई उपाधि दाबेदार भएको प्रमाणित गरेको छ । स्पेनिस ला लिगा अन्तर्गत नै शनिबार राति भएको अर्को खेलमा रियल सोसिडाडले भिल्ला रियललाई २–१ गोल अन्तरले हराएको छ । रियल सोसिडाडको जितमा विलियन जोसे र जुवान्मी ले एक एक गोल गरे । भिल्लाका जेरार्ड मोरिनोले एक गोल फर्काए । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =