बलात्कारीलाई फाँसीको माग गर्दै माइतीघरमा अर्धनग्न प्रदर्शन, प्रहरीले गर्यो हस्तक्षेप

२०७४ जेठ १५ गते

“काठमाडौं, भदौ २ । राजधानीको माइतीघर मण्डलामा बलात्कारीलाई फाँसीको माग गर्दै अभियन्ता युवतीहरुले अर्धनग्न प्रर्दशन गरेका छन् ।
शनिबार उनीहरु कालो पेटीकोट लगाएर मण्डलामा बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।
‘बलात्कारीलाई फाँसी दे’ भन्दै नाराबाजी गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ । प्रदर्शनमा संलग्न ५ महिला, एक पुरुष र एक जना तेश्रो लिङ्गीलाई प्रहरीले सिंहदरबारस्थित वृत्तमा राखेको छ ।
प्रदर्शनकारीहरुले शान्तिपूर्ण आन्दोलन गरिरहेका बेला प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएका छन् । अहिले पनि आन्दोलितले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नाराबाजी गरेका छन् ।
संविधानमा बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने भन्दै दुई दर्जनको संख्यामा मण्डलामा भेला भएका युवा युवतीले संविधान संशोधनको माग गरेका छन् ।”

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित