४ वर्षिय बालिकालाई करणी गर्ने ६५ वर्षका वृद्ध पक्राउ

नवलपरासी, भदौ २। नवलपरासी जिल्लाको प्रतापपुर गाउपालिका ९ मा एक वृद्धले ४ वर्षिय बालिकालाई करणी गर्दैगर्दा रंगे हात पक्राउ परेका छन् ।

स्थानिय ४ वर्षिय बालिकालाई करणी गर्दै गरेको अवस्थामा बालिकाका आमाले देखेपछि ६५ वर्षिय दरोगा थारुलाई स्थानियले पक्राउ गरि प्रहरीलाई बुझाएका हुन् ।

घटनाबारे थप अनुसन्धान भईरहेको र बालिकालाई मेडिकल परिक्षणका लागि पठाइएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

घटनाबारे अनुसन्धानको कार्य पुरा भएपछि मुद्दा अभियोजन गरिने छ । इलाका प्रहरी कार्यालय बेलाटारीका अनुसार सो इलाकामा एक वर्षभित्र यो घटनासहित करणीका ८ वटा घटना भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *