संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको निधन

एजेन्सी, भदाै २ । संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको निधन भएको छ। अस्वस्थ रहेका ८० वर्षे अन्नानको स्वीटजरल्यान्डमा शनिबार मृत्यु भएको जनाइएको छ।

अन्नान संयुक्त राष्ट्रसंघको महासचिव बन्ने पहिलो अश्वेत थिए। उनले संयुक्त राष्ट्र संघका महासचिवका रुपमा १९९७ देखि २००६ सम्म दुर्इ कार्यकाल काम गरेका थिए। हालको घानामा उनको जन्म भएको हो।

२००१ को नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र संघ र कोफी अन्नानलार्इ संयुक्त रुपमा प्रदान गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *