इमरान खानले लिए पाकिस्तानको २२ औँ प्रधानमन्त्रीको शपथ

काठमाडौं, भदौ २। इमरान खान पाकिस्तानका प्रधानमन्त्री बनेका छन् । खानले शनिबार २२ औँ प्रधानमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

उनलाई इस्लामावादस्थित प्रेसिडेन्ट हाउसमा राष्ट्रपति ममुन हुसेनले शपथ खुवाएका थिए । शपथ ग्रहण समारोहमा इमरान खानकी पत्नी बुशरा मेनका पनि सहभागि भएकी थिइन् ।

नेशनल एसेम्बलीमा भएको चुनावमा पाकिस्तान मुस्लिम लिगका अध्यक्ष शाहज शरीफलाई पराजित गर्दै ताहरिक–ए–इन्साफको अध्यक्ष खान पाकिस्तानको प्रधानमन्त्रीमा चुनिएका थिए ।एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − seven =