बिर्तामोडमा क्याम्ब्रिज अष्ट्रेलियन एजुकेशन फेयर सम्पन्न

बिर्तामोड, भदौ २ । क्याम्ब्रिज इन्स्टीच्युट अफ टेक्नोलोजीको आयोजनामा बिर्तामोडमा क्याम्ब्रिज अष्ट्रेलियन एजुकेशन फेयर सम्पन्न भएको छ । दुई सयभन्दा बढी विद्यार्थीहरुले अष्ट्रेलिया अध्ययनबारे प्रत्यक्ष जानकारी लिएका छन् ।

मेलामा अष्ट्रेलियाको १५ वटाभन्दा बढी कलेज तथा युनिभर्सिटीहरुका प्रतिनिधिहरुले प्लस टु उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने सोच बनाएका दुई सयभन्दा बढी विद्यार्थी र तिनका अभिभावकहरुलाई अष्टे«लियाका विविध विषयहरुबारे जानकारी प्रदान गरेका थिए ।

बिर्तामोडको होटल हिकोला हेरिटेजमा भएको क्याम्ब्रिज अष्ट्रेलियन एजुकेशन फेयरमा अष्ट्रेलियाका सिड्नी मेट्रो कलेज, भाइव कलेज, क्वीन्सफोर्ड कलेज, एआईबीटी कलेज, ब्रिसबेन कलेज, न्यू एरा इन्स्टीच्यूट, स्काईलाइन इन्टरनेशनल कलेज, केन्टरव्यूरी कलेज, रान्सफोर्ड कलेज, क्युआइभीए कलेज, एटीआइसी कलेज, ब्राइटन कलेज लगायतका कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले अष्ट्रेलियामा रहेका कलेज, त्यहाँ पढाई हुने विषय, लागत, वातावरण रहनसहन, खानपान लगायतका विषयमा विद्यार्थीलाई जानकारी दिएको क्याम्ब्रिज इन्स्टीच्युट अफ टेक्नोलोजीका संस्थापक शिशिर सिंखडाले बताए ।

मेलामा आएका विद्यार्थीमध्ये धेरैको चासो आइटी नर्सिङ, अर्ली चायल्ड हुड, कर्मसीयल कुकरी, कम्युनिटी सर्भिस लगायतका विषयहरुमा रहेको उनले बताए । त्यस्तै मेलामा सहभागी विद्यार्थीहरुलाई करियर काउन्सेलिङ संगै अष्ट्रेलियन शिक्षा प्रणाली, कलेजको शुल्क, स्कलरसिप, भाषिक योग्यता, भिषा प्रक्रिया लगायतका विषयमा प्रत्यक्ष जानकारी दिएको संस्थाका पूर्वाञ्चल प्रमुख निश्चल सिंखडाले जानकारी दिए ।

पछिल्लो समय अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीको क्रेज बढेसँगै अष्ट्रेलियाका १५ वटाभन्दा बढी कलेज तथा युनिभर्सिटीहरुलाई एउटै थलोमा ल्याएर विद्यार्थीहरुलाई बढीभन्दा बढी जानकारी प्रदान गर्ने उद्देश्यले मेलाको आयोजना गरेको क्याम्ब्रिज इन्स्टीच्युट अफ टेक्नोलोजी दमकका प्रमुख निशान सिंखडाले बताए । क्याम्ब्रिज अष्ट्रेलियन एजुकेशन फेयर आज दमकको गोर्खा डिपार्टमेन्ट स्टोरमा सञ्चालन हुने उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *