तिम्रो बहादुरीको यात्रा ‘झोला’

 ‘झोला’
हजारौं स्पर्मको म्याराथन जितेर
ओभम छेडेपछी
सुरु भएको हो
तिम्रो बहादुरीको यात्रा !
तिम्रै नामको लालपुर्जाले मात्रै
नापिन्छ
मेरो पाठेघरको उचाई !
संस्कारका भुत्ते कानहरुले
तिम्रै अधिकारको
हेयरिङ एड बाट मात्रै सुन्छन
मेरो गर्भको धड्कन !
तिम्रो स्वामित्वको प्रमाणबिना
काटिएनन
अँह
काटिएकै छैनन
प्रसबका सालनालहरु !
भर्खरै जन्मेको
नवजात शिशु
कंगारूझैं छातीमा चेपेर
युगौंदेखी बारबार सोध्दैछु
महाशय !
के स्वास्नीमान्छेको पाठेघर
तिम्रो विर्य बोक्ने झोला मात्र हो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *