गृहमन्त्रीले थाले अर्को आलोचना हुने काम , सशस्त्रमा यस्तो तयारी

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन ११ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा एआईजी दरबन्दी थप गर्ने प्रक्रिया अघि बढाएको छ । नेपाल प्रहरीमा एआईजीलाई प्रदेश प्रमुखका रूपमा खटाउन लागिएसँगै सशस्त्र प्रहरीमा पनि दरबन्दी थप गर्ने तयारी भएको हो ।गृहमन्त्री जनार्दन शर्मा र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एआईजीको संख्या बढाउन सकारात्मक संकेत दिएपछि सशस्त्र प्रहरी मुख्यालयले त्यसको प्राविधिक तथा प्रशासनिक कार्य अघि बढाएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठलगायत उच्च अधिकारीले प्रादेशिक संरचनाबमोजिम एआईजी दरबन्दी थप्न लबिङ गरेका थिए । नेपाली सेनाले पनि दुई प्रदेशमा पृतना थप गरिसकेको छ । यद्यपि, नेपाल प्रहरीमा हचुवाका भरमा एआईजी दरबन्दी थपेको भन्दै गृहमन्त्री शर्माको चर्को आलोचना भएको थियो, अन्नपूर्ण पोस्टमा खबर छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित