प्रदेश २ : प्रधानमन्त्री ओलीले आज प्रदेशसभाको बैठक सम्बोधन गर्ने

काठमाडौं, भदौ २ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं २ प्रदेशसभाको बैठकलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । सम्बोधनका लागि प्रधानमन्त्री ओली आज बिहान जनकपरुधाम जानु हुने कुरा प्रदेश नं २ प्रदेशसभा सचिवालयले जनाएको छ ।

सभामुख सरोजकुमार यादवका अनुसार प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे प्रदेशसभाको बैठकलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीको स्वागतका लागि स्वागतद्वारको निर्माणका साथै प्रदेशसभामा विशेष तयारी गरेको बताइएको छ ।

प्रदेशसभाको बैठकलाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओली धनुषा जिल्लाको बरमझियामा आयोजना हुने शहीद रामवृक्ष यादवको २५ औँ स्मृतिसभामा सहभागी हुने कार्यक्रम छ । सो सभामा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने कार्यक्रम रहेको नेकपाका नेता विश्वनाथ साहले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *