मिस लिम्बुले आफ्नो जन्मदिन अनाथ वालबालिकासंग मनाईन्


“
धरान, भदाै १ । मिस लिम्बुले आफ्नो १८ औं जन्मदिन अनाथ बालबालिकासंग मनाएकी छिन् ।
सुनसरीको धरान १४ मा अवस्थित सरस्वती बाल आश्रममा धरान १६ स्थायी घर भएकी मिस लिम्बु २०१७ फष्ट रनरका सन्ध्या तुम्बाहाङ्गफे लिम्बुले १७ औं बसन्त पार गरी १८ औं बसन्तमा प्रवेश भएकोे अवसरमा बाल आश्रमका बालबालिका संग विहिबार केक काटेर जन्मदिन मनाएकी हुन् ।
सो अवसरमा लिम्बुले आश्रममा रहेका २५ जना बालबालिकालाई कापी कलम र बालिकाहरुलाई भित्रि वस्त्र समेत प्रदान गरेकी थिइन् ।
जन्म दिनमा छरछिमेक, साथीभाई लगायत आफन्तलाई घर, होटलमा पार्टी भोज खुवाउँदा २० /२५ हजार खर्च हुने भएकाले उक्त एक दिनको खर्च साहराविहिन अनाथ बालबालिकालाई खर्च गरेर उनीहरुसंग दुःख सुःख साट्ने र समाजमा रहेका युवा पुस्तालाई समाज सेवाप्रति मार्गनिर्देश गर्ने उद्देश्यले बालबालिकासंग जन्म दिन मनाएको बताईन् ।
लिम्बु धरान उच्च माविमा विज्ञान विषय लिएर कक्षा १२ मा अध्यानरत छिन् । आफु कक्षा ८ मा पढ्दादेखि नै समाज सेवामा प्रवेश भएकी लिम्बुले बताईन् । ‘कक्षा ८ मा युथ क्लबमा समावेश भएको र त्यसै बेलादेखि समाजमा रहेका साहाराविहिन बालबालिका र बृद्धा बृद्धालाई टिफिनमा खाजा खाने पैसा छुटयाएर समाज सेवा गर्दै आएकी हुँ उनले भनिन् ।’
उच्च शिक्षा ‘विज्ञान विषयमा बाईलोजी साईन्स लिएकी छु , पढाईसंगै समाज सेवालाई पनि लिएर जान्छु । भविष्यमा राम्रो डाक्टर बनेर दिनदुःखी असाहय बालबालिका र साहराविहिन बृद्धाबृद्धलाई सेवा गर्ने लक्ष्यका साथ अगाडी बढेकी छु लिम्बुले भनिन् ।’
मैले यसरी अनाथ बालबालिका र बृद्धाबृद्धलाई सहयोग गर्दै गए भने मेरा साथीहरुले पनि मैले समाज सेवा गरेको देखेर समाजमा बसेपछि राम्रो काम गर्नु पर्ने रहेछ,भनेर पाठको रुपमा लिन्छन् भन्ने आशयले प्राय यस्तो सामाजिक कामको बेला सबै साथीहरुलाई बोलाउँछु उनीहरुले पनि मैले गरेको देखेर मलाई सघाउछन् हामी बिद्यालय विदा भएको बेला साथीहरुसंग मिलेर चिनेजानेको मान्छेलाई क्यान्सर पीडित लगायत असाहय बालबालिकाका लागि पैसा संकलन गरेर दिन्छौं लिम्बुले सुनाईन् ।’
छोरी सानैदेखि समाज सेवामा लाग्ने गरेको लिम्बुकी आमा कल्पना तुम्बाहाङ्गफे लिम्बुले बताईन् । ‘छोरी सानो छँदा मन्दिर लिएर जाँदा मामु म माला किन्छु भनेर पैसा मागेर जान्थ्यो मन्दिर आसपासमा असाहय बृद्धाबृद्धलाई देखेपछि मामु म माला लाउदिन है यो बौजुलाई पैसा दिन्छु ल भन्ने र आफुलाई मन परेको सामान नकिनी मन्दिर वरपर बसेका साहराविहिन बृद्धाबृद्धलाई पैसा दिन्थ्यो कल्पनाले अतित्लाई सम्झँदै छोरीको सामाजिक कार्यबारे जानकारी गराईन् । ’
कक्षा १० मा पढ्दा नै ‘छोरीले मामु बालआश्रममा गएर म जन्मदिन मनाउँछ भन्थिन् तर के के नमिलेर अनाथ बालबालिकासंग नानीको जन्म दिन मनाईदिन सकेको थिएनौ यसपटक चाहिँ नानीले सारै कर गर्यो र हामी आमा बाबुले पनि सोच्याैं नानीले भनेको कुरा राम्रै हो , बालआश्रममा बसेका विभिन्न कारणले अभिभावक गुमाएका बालबच्चालाई एक दिन छोरीको जन्म दिनको अवसरमा २०/ २५ हजारको खाना नास्ता खुवाउँदा के हुन्छ त आखिर जहाँ जन्मदिन मनाए पनि खर्च भईहाल्छ भनेर कुरा गर्याैं र यसपटक चाहिँ छोरीको जन्म दिन बालआश्रममा मनाउन आएका हौं ’ उनले भनिन् ।
लिम्बुले थपिन, यस पटकको छोरीको जन्मदिन सोचेभन्दा राम्ररी मनाउन सफल भईयो पैसा खर्च गरेअनुसार आश्रमका २५ जना बालबालिकालाई खाना नास्ता, कापी कलम र बालिकाहरुलाई भित्रि वस्त्र दिँदा उनीहरु ज्यादै खुशी देखिएका थिए ।
पूर्वी विभिन्न जिल्लाका २५ जना बालबालिकाहरु सरस्वती बाल आश्रममा आश्रित छन् । आश्रमका बालबालिका धरानका विभिन्न सामुदायिक विद्यालय र निजि विद्यालयमा अध्यानरत रहेको संस्थाका सचिव पूर्ण प्रसाद फुयालले जानकारी दिए ।
“
