अदालतबाट रिहा लगत्तै प्रकाण्ड पुनः पक्राउ

“
काठमाडौं, भदौ १। नेकपा (विप्लव समूह) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) अदालतबाट रिहा भए लगत्तै पुनः पक्राउ परेका छन् ।
सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले फेरी पक्राउ गरेको हो ।
‘केही महिनाअघि काभ्रेमा एनसेल टावरमा भएको आगजनीको घटनामा उनलाई फेरि पक्राउ गरिएको हो’, परिसरका डिएसपी मोहन थापाले भने ।
चन्दा असुलीको आरोपमा पक्राउ परेका प्रकाण्डलाइ गैरकानूनी रुपमा थुनामा राखेको भन्र्दै यसअघि प्रकाण्डका छोरा नरेन्द्रबहादुर विकले अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
उक्त रिटमाथि सुनुवार्इ गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलासले प्रकाण्डलाई रिहा गर्न आदेश दिएको थियो ।
उनले ७ करोड ५० लाख रुपैयाँ चन्दा संकलन गरेका थिए भने उनको खातामा अहिले पनि २ करोड रुपैयाँ देखिएको प्रहरीको दावी छ।”








