दवावपछि चलचित्र ‘रोजी’ को नाम परिवर्तन !

काठमाडौँ, भदौ १ । आगामी भदौ २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र रोजीको नाम परिवर्तन भएको छ । ‘रोजी’ हत्या काण्डमा आधारित फिल्म रोजीको नाम परिवर्तन गर्न दवाव आएपछि रोजी टिमले नाम परिवर्तन गरी ‘रोज’ राखेको हो ।

अभिनेता प्रदीप खड्का, परमिता राणा, मिरुना मगर, कर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्र रोजी मृतक रोजी महर्जनको हत्या घटनासँग कथा मिलेको भन्दै उनकी आमा नानीमैया महर्जनले फिल्मको नाम परिवर्तन गर्न दबाव दिएपछि निर्माण टिमले नाम परिवर्तन गरेको हो ।

चलचित्र विकास बोर्डमा बिहिबार निर्माता निर्देशक नीरक पौडेल, निर्माता मणिकरण केसी र मृतक रोजी महर्जनको परिवारबाट गोबिन्द महर्जन एवम् नानीमैयाबीच भएको वार्तामा नाम परिवर्तनबारे सहमति जुटेको हो ।

दुई पक्षीय वार्तामा अब निर्माण पक्षले फिल्मको नाम रोजी नराख्ने, सत्य घटनामा आधारित रहेको भन्ने उल्लेख नगर्ने सम्झौता गरे भने महर्जन परिवारले चलचित्रलाई कुनै पनि प्रकारको बाधा नपुर्‍याउने सम्झौता गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *