एसियाली खेलकुदको पुरुष फुटबलमा नेपालको अन्तिम १६ को यात्रा कठिन

काठमाडौं, भदौ १ । एसियाली खेलकुदको पुरुष फुटबलअन्तर्गत नेपाल लगातार दोस्रो खेलमा पराजित भएसँगै अन्तिम १६ को सम्भावना कठिन बनेको छ ।

समूह ‘डी’को दोस्रो खेलमा नेपाल हिजो साँझ भियतनामसँग २–० ले पराजित भयो।यो नेपालको लगातार दोस्रो हार हो। यसअघि पहिलो खेलमा नेपाल जापानसँग पराजित भएको थियो। यता पहिलो खेलमा पाकिस्तानलाई ३–० ले हराएको भियतनामले अन्तिम १६ मा स्थान पक्का गरेको छ ।

जापानले पनि दोस्रो खेलमा हिजो नै पाकिस्तानलाई ४–०ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ।प्रतियोगितामा सबै ६ समूहका शीर्ष दुई टोली सोझै नकआउट चरण पुग्छन भने तेस्रो हुनेमध्ये उत्कृष्ट चार टोली पनि अन्तिम १६ पुग्ने व्यवस्था छ ।

अब नेपालले अन्तिम खेलमा भोली दक्षिण एसियाली प्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध उत्कृष्ट नतिजा निकालेमा तेस्रो स्थानमा रहँदै प्रि क्वार्टरफाइनलमा स्थान बनाउने झिनो सम्भावना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *