प्रदेश नम्बर–२ को प्रदेशसभालाई भोली प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ १ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर–२ को प्रदेशसभालाई भदौ २ गते भोली सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । नेकपाले जनकपुरमा हिजो पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पनि आउने जानकारीसमेत दिइयो ।
धनुषाका सहिद रामवृक्ष यादवको २४औं स्मृतिसभामा सहभागी हुन उहाँहरु दुवैजना धनुषा आउने कार्यक्रम रहेकामा प्रधानमन्त्री ओलीले भोली बिहान ११ बजे प्रदेशसभामा सम्बोधन गर्ने र त्यसपछि धनुषाको बरमझियामा आयोजना हुने सहिद रामवृक्ष यादवको स्मृतिसभालाई सम्बोधन गर्न जाने नेकपा नेता एवं प्रदेश समिति कार्यदलका सदस्य विश्वनाथ साहले बताए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित