धरान: सुन्दर नामले चिनिएको शहर अस्तव्यस्त

धरान, भदाै १ । पूर्वको सुन्दर शहर भनेर नाम कहलिएकोे धरान बजार अस्तव्यस्त बन्दै गएको छ । बढ्दो सवारी साधनको चापलाई स्थानीय सरकारले व्यवस्थापन गर्न आलटाल गरेका कारण धरानको मुख्य बजार भानुचोक लगायत अन्य भित्रि बजार समेत आजभोली अस्तव्यस्त हुदै गएको स्थानीय बुद्धिजिविहरु बताउँछन् ।

जनसंख्याको बृद्धि संगै वर्षेनी हजारौ सवारी साधान भित्रिन्छन् राज्यले सवारी साधन मार्फत वार्षिक करोडौं राजश्व लिएर सडक विस्तारमा चासो नदिदा आवतजावतमा यात्रुहरुले सास्ती व्होर्नु परेको उनीहरु दुखेसो पोख्छन् ।

सवारी साधनको चाप अत्याधिक बढ्दै गएको यस समय केन्द्रिय, क्षेत्रिया र स्थानीय सरकारकाले धरान बजारको सुन्दरता कायम राख्न तर्फ ध्यान नदिए धरान बजारको नाम परिवर्तन भई अस्तव्यस्त बेकामे शहरको नामले नामकरण हुन सक्ने जानकारहरु बताउँछन् ।

धरानको तीनकुनेदेखि लक्ष्मीचोक सम्मको सडकमा मोटरसाईकल लगायत मालबाहक सावारी साधनहरु साथै व्यक्तिगत चार पाग्रे सवारी साधन सडक किनारमा पाकिङ्ग गरिएका कारण आवतजावतमा समस्य हुने गरेको यात्रुहरुको भनाई छ ।

धरानको तिनकुनेदेखि छाता चोक सम्मको सडकमा पैदल यात्रीले बाटो काट्न नसक्नेगरी अस्तव्यस्त भएको अवस्थामा समेत धरान उपमहानगरपालिकाले आलटाल गदै कुनै सुनुवाई नगरेको स्थानीय दल बहादुर गुरुङले बताए । उनले भने ‘नेपालको विभिन्न जिल्लाबाट मानिसहरु सुन्दर धरान शहर हेर्न भनेर आउँछन् तर धरान बजार भने दिनप्रतिदिन अस्तव्यस्त भईरहेको छ ।’

उपमहानगरपालिकाले यति हुदा समेत दर्शक बनेर बसीरहेको छ। बजारमा देखिएका अस्तव्यस्त समस्यलाई समधान गर्न लाग्दैन । गुरुङ्गले भने ‘स्थानीय सकरकार गठन भएको १ वर्ष भन्दा बढी भईसक्यो धरान उपमहानगरपालिकाले किन बजार सरसफाई र सवारी साधन व्यवस्थापन गर्न तर्फ चासो दिदैन, धरानको भानुचोकमा रहेको बसपार्कलाई ठाउँसारी अन्य ठाउँमा लैजाने हो भने अस्तव्यस्त बजारको केही हदसम्म समधान हुने थियो ।’

बिना रुट सफारी र टेम्पोलाई अनुमति दिई जथाभावी कुदाउनु दिनु र बजारमा पार्किङकाे व्यवस्थापनमा स्थानीय सरकारले चासो नदिएका कारण आज बजारमा समस्या थपिदै गएको छ ।

सवारी साधन बढेसंगै धरान बजार अस्तव्यस्त बनेको छ भने ट्राफिक व्यवस्थापनमा पनि चुनौति थपिएको छ । साँघुरो बसपार्क, साँघुरो सडक, त्यसमा भानुचौकदेखि छाताचौकसम्मको सडककै छेउमा दुईपांग्रे सवारी साधनको पार्किङ स्थल बनाईएको र बाहिर बाट सामन ल्याएको सवारी साधन सडकमा रोकिन्दा धरान बजार अझ अस्तव्यस्त बनेको हो । धरान उपमहानगरपालिकाले एकतर्फी सडक संचालन गर्ने योजना ल्याएर केही समय अघि काम थाल्दा धरानवासी उत्साहित बनेका थिए ।

अस्तव्यस्त बजारलाई मध्यनजर गरी धरान उपमहानगरपालिकाले धरानको नयाँ बजार र पुरानो बजारलाई एकतर्फी (वान वे) सडकको अवधारणा अनुरुप काम समेत सुचारु गरिएको थियो । २०७१ सालदेखि धरानको जिरोप्वाइन्टदेखि पुरानो बजार हुदै माछा भौडी र देशीलाइनसम्मको ५ किलोमिटर सडक नेपाल सरकारको ४ करोड ५० लाख सहयोग र स्थानीय उपभोक्ताको १५ प्रतिशत लागतमा थालिएको काम अहिले पुरानो बजार बिचैमा अलपत्र परेर थन्केको छ ।

भानुचौकदेखि छाताचौक सम्मको सडक नयाँबजार भएपछि पहिलाको पुरानो बजार ओझेलमा परेको गुनासो पुरानो बजारवासीको छ । सडक विस्तार गर्न र एकतर्फी सडक बनाउन साथै पुरानो बजारलाई जीवित बनाई राख्न (वान ऐ) बनाई सडक संचालनमा ल्याउन सके ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने उनीहरुको भनाई छ ।

धरानको भानुचोक सबैको संगम स्थल भएकाले अहिले धरान बजार अस्तव्यस्त देखिएको सुनसरी यातायात प्रा.लि को अध्यक्ष सुरोज शाक्यले बताए । कोशी राजमार्गमा पर्ने यो सडक धरान बजार छिर्ने वित्तिकै अस्तव्यस्त हुने गरेकाले सडक विस्तारसंगै एकतर्फी बाटो निर्माण नगरी धर नपाइने भएकोले धरान उपमहानगरपालिकाले थालेको पुरानो बजारमा रोकिएको सडक निर्माण कार्य चाडो सम्पन्न गर्नु पर्ने शाक्यको भनाई छ ।

सबै भन्दा बढी ‘सफारी र टेम्पोले भानुचोक लगायत विभिन्न बजार र सडक अस्तव्यस्त बनाउने गरेका कारण यस्ता सवारी साधन धरान उपमहानगरपालिकाले निश्चित स्थान तोकेर व्यवस्थित गर्नु पर्छ, उनले भने ।’

सडकमा खाल्डाखुल्टी भएका कारण बढी सवारी दुर्घटना हुुने गरेको ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सरकारको रुपमा धरान उपमहानगरपालिका भएकाले सडक विस्तार, मर्मत र व्यवस्थापनका लागि सडक कार्यालयलाई उपमहानगरपालिकाले निर्देशन दिएर सडक राम्रो भए सवारी साधन सडकमा नरोकी पठाउन सहज हुने र दुर्घटना न्यूनिकरण गर्न साथै अस्तव्यस्त भएको धरान बजार ब्यवस्थापनमा सहयोग पुग्ने ट्राफिक प्रहरी कार्यालय सुनसरी धरानका प्रहरी निरिक्षक होमराज दाहालले बताए ।

उनी भन्छन् ‘पहिलो कुरा भानुचोकमा भएको बसपार्क सारेर सडकको क्षेत्रमा काम गर्ने जिम्मा पाएका सडक कार्यालय र उपमहानगरपालिकाले संयुक्त रुपमा धरान बजारलाई सफा स्वाच्छ शहर बनाउन पहल गर्ने हो भने जिर्ण बन्दै गएको सडक राम्रो हुने र सवारी साधन दुरघटना कम भई हामी ट्राफिक प्रहरीले सवारी चालकलाई सिटी फुकेर धपाउने काम बन्दा हुने थियो होला ।’ सम्बन्धि निकायले चासो नदिएका कारण  आफ्नो भन्दा बढी अन्य संस्थाले गर्ने काम गर्नु परेको उनकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =