पानीको ढलबाट बृद्धलाई यसरी बचाईन् सुजाताले

काठमाडौं, साउन ११ । स्कुलको अनितम कक्षा पढेर उनी कोठा फर्किदै थिईन् । पानी परिरहेको थियो । सधै ओहोरदोहोर गर्ने बाटो टोलभरिको ढलले हिँड्न सक्ने थिएन ।

पानीले भिजेको महेन्द्र बौद्ध माविकी ९ कक्षाकी छात्रा सुजाता गाले अर्को बाटो हुँदै बौद्ध गुम्बाको गेटमा निस्केर नयाँबस्तीस्थित कोठामा जाने सुरमा थिईन । उनी संगै कक्षाका साथीहरु पनि थिए ।

अघि बढ्दै गर्दा उनले एक जना मानिस ह्विचेयरमा ढलको पानीमा डुबेको देखिन् ।

उनीले हातमा भएकाे  पुस्तक साथीलाई दिएर हतारिएर ती अपांगता भएका मानिसको उद्धार गर्न अघि बढिन् । ढलको पानी छिचोल्न वैकल्पिक बाटो खोज्दै अघि बढेकी उनी जुत्तासमेत नखोली जमेको पानीमा छिरिन् ।, यो खबर आजको कान्तिपुरमा छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *