नेपाल विद्यालय कर्मचारी परिषद साफेबगरको बैठक सम्पन्न


“
अछाम, साउन ३१ । नेपाल विद्यालय कर्मचारी परिषद साफेबगर नगर कार्यसमितिकोे बैठक साफेबगरमा सम्पन्न भएको छ ।
नगर कार्यसमिति अध्यक्ष नृप बहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकले नेपाल विद्यालय कर्मचारी परिषद् केन्द्रिय समितिको निर्देशन बमोजिम विद्यालय कर्मचारीहरुको हक, हित तथा सेवा सुविधाको सम्बोधनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन साँफेबगर नगर प्रमुख कुल बहादुर कुँवरलाई ज्ञापन पत्र बुझाएको छ ।
नेपाल विद्यालय कर्मचारी परिषद केन्द्रिय समितिको निर्देशन बमोजिम तय गरिएका कार्यक्रमहरु सफल पार्नका लागी साफेबगर नगरपालिका अन्र्तगतका सम्पूर्ण विद्यालय कर्मचारीहरुले एक्यबद्धता जनाउने निर्णय गरेको छ ।
बैठकमा नेपाल विद्यालय कर्मचारी परिषद् प्रदेश नं. ७ का अर्थ सचिब अर्जुन प्रसाद जोशी, नेपाल शिक्षक महासंघ नगर अध्यक्ष धर्मेन्द्र बहादुर शाह, शिक्षक संघका नगर अध्यक्ष बल बहादुर ठकुल्ला लगायतको सहभागिता रहेको थियो । बैठकको सञ्चालन नगर सचिव शेर बहादुर रावतले गरेका थिए ।
“
