भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन

काठमाडौँ, साउन ३१ । भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको ९३ वर्षको उमेरमा निधन भएको छ ।

विगत दुई महिनादेखि अल इण्डिया इन्सटिच्युट अफ मेडिकल साइन्स (एम्स)मा उपचाररत बाजपेयीको निधन भएको अस्पतालले नेपाली समय अनुसार ५ बजेर २० मिनेटमा औपचारीक जानकारी गराएको हो ।

भारतीय जनता पार्टीको संस्थापकसमेत रहेका वाजपेयी मिर्गौला र छातिको समस्याबाट पीडित थिए ।

भारत रत्नबाट सम्मानित वाजपेयी तीन पटक भारतका प्रधानमन्त्री भए । वाजपेयी सन् १९९६ मा पहिलो पटक १३ दिनका लागि प्रधानमन्त्री भएका थिए । त्यसपछि सन् १९९८ मा ११ महिनाका लागि दोस्रो पटक प्रधानमन्त्री बनेका वाजपेयी सन् १९९८ मा तेस्रो पटक प्रधानमन्त्री भएका थिए । तेस्रो कार्यकाल भने उनले पूरै ५ वर्ष सम्हालेका थिए ।

भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट समेत बाजपेयीलाई सम्मानित गरिएको छ । अटल बिहारी बाजपेयी नौ पटक लोकसभामा निर्वाचित भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अटल बिहारी वाजपेयीको निधनले आफू निस्शब्द भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *