ओपो एफनाइन, भीओओसी फ्ल्यास चार्ज र ग्राडियन्ट कलर डिजाइन सहित सार्वजनिक हुने

काठमाडौँ, साउन ३१ । ओपोले यही अगस्ट महिनाको अन्त्य सम्ममा आफ्नो नयाँ मोडल ओपो एफनाइन सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।

ओपो एफनाइन ब्राण्डको एफसिरिज अन्तर्गत नयाँ स्मार्टफोन हो । यसमा कम्पनीले भीओओसी फ्ल्यास चार्ज, ग्राडियण्ट कलर्स तथा पृथक वाटरड्रप स्क्रिन डिजाइन समाहित गर्ने जनाएको छ ।

ओपो फ्यान्स विचविशेष लोकप्रिय, भीओओसी फ्ल्यास चार्जले कमभोल्टेज फास्ट चार्जिङ प्रविधि मार्फत अत्यधिक तिब्र गतिमा चार्जिङ सुविधा प्रदान गर्छ । ५भी/४ए साधारण कन्फिगरेसन मार्फत यस नयाँ प्रविधिले ५ भी/१ए चार्जिङ प्रविधिका तुलनामा ४ गुणा तिब्र चार्जिङ गतिप्रदान गर्छ ।

तिब्र चार्जिङ क्षमताको ग्यारेण्टिका साथै भीओओसीले सुरक्षित चार्जिङ प्रक्रियाको समेत सुनिश्चितता प्रदान गर्छ । विशेषगरी, ओपोको भीओओसीमा तिब्र र सुरक्षित चार्ज सुविधा उपलब्ध गराउन न्यून टेम्परेचर र भोल्टेज सहित, चार्जिङ एडेप्टर देखि स्मार्टफोन सम्म पुग्दा ५ भिन्न सुरक्षा तहको व्यवस्था गरिएका छन् ।

ओपो एफनाइनमा कम्पनीले एफसिरिजमै पहिलो पटक आकर्षक ग्राडियण्ट कलर डिजाइनको प्रयोग गरेको छ । यूवावर्ग माझ ग्राडियण्ट कलरको बढ्दो लोकप्रियतालाई ध्यानमा राखि कम्पनीले यो डिजाइन आफ्ना सेटमा अवलम्बन गरेको बताएको छ ।

पछिल्ला मोडलमा प्रयोग हुँदै आएका एकै रंगका फोनहरु ग्राडियण्टकलर डिजाइन भएका फोनका तुलनामा कम आकर्षक देखिन थालेपछि कम्पनीले नयाँ अवधारणा अवलम्बन गरेको हो ।

कम्पनीद्वारा नयाँ फोन प्रकृतीबाट अभिप्रेरित भई ‘सनराइज रेड’, ‘ट्वाइलाइट ब्ल्यू’ र ‘स्टारी पर्पल’ गरी ३ भिन्न आकर्षक रंगमा उपलब्ध गराउने तयारी रहेको छ ।

डिजाइनमा एकरुपता कामय गर्ने सोचका साथ कम्पनीले फोनको साइड फ्रेममा समेत ग्राडियण्ट डिजाइन उपलब्ध गराएको छ ।

ओपोले नयाँ फोन एफनाइनमा पृथक ग्राडियण्ट कलर अप्सनका साथै, ओपोकै पहिलो एफएचडी + वाटरड्रप स्क्रिन (९०.८% सम्मको स्क्रिन टू बडी रेसियो) को पनि प्रयोग गरेको छ ।

यसले फोनको आकारलाई भद्दा नबनाइकनै जीवन्त दृष्यानुभुतिको मज्जा लिन सघाउँछ ।

भीओओसी चार्जिङ र वाटरड्रप स्क्रिन सहितको ओपो एफनाइन वास्तवमै एक नव प्रवद्र्धनात्मक उपकरण हो ।

‘आर्ट अफ टेक्नोलोजी’ र ‘पर्सुइट अफ परफेक्सन’का लागि ओपोको प्रतिबद्धतालाई निरन्तर्ता दिँदै ओपो एफनाइटले प्रयोगकर्तालाई पहिलो प्राथमिकतामा राख्ने आफ्नो सिद्धान्तलाई निरन्तर्ता दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =