सेफ्टी ट्याङ्कीमा डुबाएर जुम्ल्याहा छोरीहरुको हत्या

ताप्लेजुङ, साउन ३१ । ताप्लेजुङको पाथिभरामा एक आमाले दुई जुम्ल्याहा बच्चाको निर्मम हत्या गरेकी छिन् ।

ताप्लेजुङ पाथिभरा याङबरक वडा नम्बर २ की कमला नामकी २० वर्षीया महिलाले जुम्ल्याहा दुई छोरीको खाल्डे चर्पीमा डुबाएर हत्या गरेकी हुन् ।

डुबाइएकी एक छोरीको उपचारका क्रममा मृत्यु भएको छ भने अर्कीको शव सेफ्टी ट्यांकीमा फेला परेको छ ।

स्थानियले जिवितै उद्धार गरिएकी जमुनालाई स्थानीय अस्पतालमा लगेका थिए तर त्यहाँ उपचार सम्भव नभएपछि एम्बुलेन्समा हालेर बिर्तामोड पुर्‍याए, बचाउन भने सकेनन् । बुधबार साँझ उनको मृत्यु भयो ।

एक वर्ष पनि नपुगेका ती दुई जुम्ल्याहा बच्चाकी आमाले उदपयुरका गाडीका सहचालकसँग भागी बिहे गरेकी थिइन् । तर, सम्बन्ध लामो समय रहेन । गर्भवती भएपछि माइती आउने क्रममा गाडीमा इलाम आइपुग्दा दुई छोरीलाई जम्म दिइकी थिइन् ।

कमलाकी आमाले प्रहरीमा जाहेरी दिएपछि उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *