२०१८ को ‘दर्नाल अवार्ड’ सामाजिक अभियानकर्मी सरस्वती नेपालीलाई

२०७४ जेठ १५ गते

“
काठमाडौँ, साउन ३१ । यस वर्षकोे सामाजिक न्यायका लागि दर्नाल अवार्ड बैतडीकी सामाजिक अभियानकर्मी सरस्वती नेपालीलाई प्रदान गरिएको छ ।
जागरण मिडिया सेन्टर र समता फाउण्डेशनद्वारा बधुबार आयोजित एक समारोहमा दर्नालकी आमा सरिता नेपालीले पाँच लाख राशिको सो अवार्ड प्रदान गरिन् ।
सरस्वती नेपालीले भूमिअधिकार शिक्षा, प्रत्रकारिताको क्षेत्रमा अगुवाइ गर्नाका साथै सामाजिक न्यायमा दलितको पहुँचका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी छिन् ।
कार्यक्रममा अभियानकर्मी डडेल्धुराका कलावती भाँड, सिरहाका अरुण सदा, दैलेखका पार्वतीकुमारी विशुङ्खे, बर्दियाका दिलीप गन्धर्व र बाजुराका डा रूपचन्द्र विश्वकर्मालाई सम्मान गरिएको थियो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित