भारतको केरलामा बाढीमा परि मृत्यु हुनेको संख्या ६७ पुग्यो
मकालु खबर
२०७४ जेठ १५ गते
“
काठमाडौं, साउन ३१ । भारतको केरलामा आएको बाढीमा परि अहिले सम्म ६७ जनाको मृत्यु भएको छ । एक सातादेखि लगातार परिरहेको वर्षाका कारण केरलको विभिन्न क्षेत्रमा बाढीका कारण २ हजार भन्दा बढि परिवार विस्थापित भएका छन् ।
बाढीको खतरा अझैं कायमै रहेकाले केरलमा आजदेखि बाढीको खतरा कम नभएसम्मका लागि विद्यालय बन्द गरिएको छ । त्यस्तै हवाइ यातायात पनि रोकिएको छ भने दुर सञ्चारका माध्यमहरु पनि अवरुद्ध भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।
केरलका स्थानीय अधिकारिका अनुसार केरलको सबै जिल्लामा अलर्ट जारी गरिएको छ । त्यस्तै भारतको अन्य राज्यमा पनि वर्षा भइरहेका कारण सुरक्षीत स्थानमा जान सर्वसाधारणलाई आग्रह गरिएको छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित