एनआई सी एशियाको ३ नयाँ शाखाहरु धादिङ्गको धार्के, महादेववेशी र खानी खोलामा

काठमाडौँ, साउन ३० । एन आई सी एशिया बैँकले नयाँ तीन शाखाको विस्तार गरेको छ । एनआई सी एशियाले धादिङ जिल्ला धुनिबेशी न.पा. वडा नं.७, स्थित खानीखोला शाखा, धुनिबेशी न.पा. वडा नं. ६ धार्केस्थित धार्के शाखा र थाक्रै गाउँपालिका वडा नं ६ महादेववेशीस्थित महादेववेशी शाखाको उद्घाटन गरेको हो ।

खानीखोला शाखा र धार्के शाखाको उद्घाटन धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले गरेका हुन् भने महादेववेशी शाखाको उद्घाटन थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले गरेका हुन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २३७ शाखा कार्यालयहरु, २३० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवम् १७ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू. १८१ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १५३ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू. १२४ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको बैँकले जनाएको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १२ लाख १९ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थपशाखा सञ्चालन गर्ने योजना अगाडि सारेको बैँकका नायव प्रमुख सुचना अधिकारी अर्जुन राजखनियाँले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *