वैदेशिक रोजगारीका लागि निः शुल्क कतार जान पाउने व्यवस्था हुँदैछ– श्रममन्त्री बिष्ट

काठमाडौँ, साउन ३० । अब नेपाली युवाले वैदेशिक रोजगारीका लागि निः शुल्क कतार जान पाउने भएका छन् ।

आजको संसदको बैठकमा उद्योग वाणिज्य, उपभोक्त तथा श्रम समितिमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाली नागरिकलाई वैदेशिक रोजगारीका लागि निःशुल्क कतार पठाउने तयारी भइरहेको बताएका हुन् ।

मन्त्री बिष्टले निःशुल्क भिसाका लागि कतारसँग नयाँ सम्झौता गर्ने तयारी भइरहको तथा यससम्बन्धी छलफल अन्तिम चरण पुगेको जानकारी दिए ।

‘अहिले पनि कतारमा जाने श्रमिकका लागि फ्रि भिसा र टिकेटको प्रावधान लागू छ ।’ उनले भने, तर, कार्यान्वयन भएको छैन, केही समयभित्रै मजदुरले एक रुपैयाँ पनि नतिरी सजिलो प्रक्रियामार्फत कतार जाने व्यवस्था गर्न लागिरहेका छौं’

उनले त्यस्तो व्यवस्थाका लागि कस्तो प्रणाली र संयन्त्र स्थापना हुन्छ भन्नेबारे संसदीय समितिलाई जानकारी दिएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *