राष्ट्रिय पुनः र्निर्माण प्राधिकरणको सिइओमा सुशील ज्ञवाली नियुक्त

काठमाडौं, साउन ३० । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी अधिकृत पुनः सुशील ज्ञवालीलाई नियुक्त गरेको हो ।

ज्ञवालीले यसअघिको प्रचण्ड नेतृत्वको सरकारले बर्खास्त गरेपछि पुनर्वहालीको माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

सरकारलाई नै विपक्षी बनाई मुद्दा दायर गरेको व्यक्तिलाई प्राधिकरणको सिइओमा नियुक्त गर्न अप्ठेरो पर्ने भएपछि ज्ञवालीले मुद्दा फिर्ता लिन लागेका हुन् ।

ज्ञवालीले मुद्दा फिर्ता लिएसँगै उनलाई प्राधिकरणको सिइओमा नियुक्त गरिने भएको हो । सुरुमा पुन निर्माणका सिइओ गोविन्दराज पोखरेल थिए । पछि केपी ओली सरकारले उनलाई हटाएर ज्ञवालीलाई ल्याएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *