टिकापुर घटनाका वादी–प्रतिवादीलाई साक्षी लिएर आउन अदालतको आदेश

कैलाली, साउन ३० । पुर्पुक्षका लागि थुनामा रहेका टीकापुर हत्याकाण्डका अभियुक्तलाई कैलाली जिल्ला अदालत उपस्थित गराई वादी प्रतिवादीहरुलाई साक्षी लिएर आउन आदेश दिएको छ ।

घटनाको विषयमा बुधवार भएको पहिलो पेशीले वादी प्रतिवादीलाई साक्षी लिएर आउन आदेश दिएको हो । हत्याकाण्डको झण्डै तिन वर्षपछि सुनुवाईको प्रक्रिया सुरु भएको मुद्दाको पहिलो पेशीमा न्यायधिस पर्शुराम भट्टराईको ईजलासले भदौ २४ गते वादी प्रतिवादीलाई साक्षी सहित अदालतमा उपस्थित हुन आदेश दिएको हो।

बुधबार दिउँसो पुर्पक्षको लागि थुनामा रहेका अभियुक्तहरुलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको थियो । यसअघि साउन २४ मा तोकिएको पेशी जिल्ला न्यायाधीश पर्शुराम भट्टराई अस्वस्थ भएपछि बुधबारका लागि सारिएको थियो । यसअघि म्याद तामेली हुन नसक्दा मुद्धाको सुनुवाईको प्रक्रिया सुरु भएको थिएन ।

टीकापुरमा भएको थरुहटरथारुवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा १ नाबालक सहित ७ प्रहरीको मृत्यु भएको थियो । त्यसको भोलिपल्टदेखि जारी गरिएको कफ्र्युको समयमा थारु समुदायको दर्जनौं घर, पसल, एफएमलगायतमा आगजनी भएको थियो ।

उक्त घटनामा २ नाबालक, सांसद रेशम चौधरीसहित २६ जनाविरुद्ध विभिन्न अभियोग छ । उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा चलाएको जिल्ला अदालत कैलालीले जनाएको छ।

हाल काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा रहेका प्रतिनिधि सभा सदस्य रेशम चौधरीको पेशी बिहीबार हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *