रोनाल्डोको गोल ‘युईएफए गोल अफ दि सिजन’ को लागि मनोनित

काठमाडौँ, साउन ३० । युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको गोल युईएफए गोल अफ दि सिजन को मनोनयनमा परेको छ ।

युरोपियन फुटबल एसोसियसनले निकालेको गत सिजनको ११ उत्कृष्ट गोलको सूचीमा रोनाल्डोको गोल छनोट भएको हो । स्पेनिस क्लब रियल मड्रिडमा रहदा रोनाल्डोले च्याम्पियन्स लिगको दौरान हाल आफु रहेको क्लब युभेन्ट्सविरुद्ध गरेको गोल मनोनयनमा परेको हो ।

च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा रोनाल्डोले ओभर हेड किक गोल गरेका थिए । रियलले ३ – ० को जित निकालेको उक्त खेलमा रोनाल्डोले दुई गोल गरेका थिए ।

यस्तै उत्कृष्ट ११ गोलको सूचीमा टोटेनहम तथा डेनमार्कका क्रिस्टियन एरिक्सनले विश्वकप दौरान गरेको गोल समेत मनोनयनमा परेको छ ।

त्यस्तै इंग्ल्यान्डका लुसी ब्रोन्ज र इलिओट एमब्लेटन, स्विजरल्याण्डका ओल्गा कार्मोना, स्पोर्टिङ लिस्बोनका एलिसान्ड्रो, टर्कीका इल्लीओट इम्बेल्टोन, पोर्टोका पाउलो स्ट्रेला, जर्मनीका इभा नाभारो, फ्रान्सका दिमित्रिभ पायट, स्लोभानियाका गोंग्कालो रामोस र पोर्चुगलका रिकार्डिन्होको गोल मनोनयनमा परेको छ ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *