धरानमा युवाहरुको नेतृत्व विकास सम्बन्धि एक हप्ते तालिम सम्पन्न

धरान, साउन ३० । गत श्रावण २३ गतेबाट सुरु भएको युवाहरूको नेतृत्व विकास सम्बन्धि एकहप्ते तालिम सुनसरीको सुन्दर नगरी धरानमा बुधबार सम्पन्न भएको छ ।

धरान–१८ स्थित हरियाली सामुदायिक वनको भवनमा सो कार्यक्रम सम्पन्न भएको हो ।

युवाहरुमा रहेको अतभुत शक्तीको विकासलाई प्रस्फुटन गराउन र उनीहरुलाई सामाजिक रुपान्तरण जस्ता कार्यमा सक्रिय बनाउन र कुलतमा फसेका युवाहरुमा नयाँ चेतानाको विकास गर्दै नयाँ नेपाल निर्माण गर्ने उद्देश्यका साथ युवा नेतृत्व विकास तालिम (वाई एल टी पी) गरेको कार्यक्रमका प्रशिक्षक सजय सिवाकोटीले जानकारी दिएका छन् ।

पुर्वी नेपालका द आर्ट अफ लिभिङ संस्थाको आयोजनामा सञ्चालित तालिममा धरान र झापा जिल्लाका गरी करिब ३९ जनाको सहभागिता रहेको थियो ।

तालिम समापन कार्यक्रममा बोल्दै द आर्ट अफ लिभिङ धरानका प्रशिक्षक बृद्धिचन्द्र अग्रवालले पछिल्लो समय युवाहरु विभिन्न प्रकारका विसङ्गती तथा विकृतिमा लाग्ने गरेको पाईएको भन्दै यस प्रकारका तालिमले उनीहरुलाई सही मार्गमा हिँडाउन प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।

उनले तालिमबाट सिकेका ज्ञान, सिप व्यवहारमा लागू गनुपर्ने बताएका थिए । यस्तै कार्यक्रममा खद आर्ट अफ लिभिङ काडमाडौका अर्का प्रशिक्षक सुवर्ण बस्नेतले समाज रुपानतरणका लागि तालिम जीवन उपयोगी हुने तथा समाजलाई निरन्तर सहि दिसामा बढाउन यस्ता कार्यक्रम आबश्यक रहेकोे बताए ।

तालिममा योगगुरु संजय सिवाकोटी, सुवर्ण वस्नेत, जनक खडका, द अर्ट अफ लिभिङका भोलिन्टीयर तथा प्रशिक्षक, धनु रिजाल सिवाकोटी, भोलिन्टीयरहरु बिनुता रिजाल, नबिन आचार्य, बिप्लव दाहाल लगाएत ३९ जना सहभागीहरुको सक्रियाता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *