बानेश्वरः होस्टलको छतबाट खसेर ४ वर्षीय बालिकाको मृत्यु
२०७४ जेठ १५ गते

“
काठमाडौँ, साउन ३० । काठमाडौँको बानेश्वरस्थित ओम शान्ति होस्टलको तेस्रो तलाको छतबाट खसेर एक जना विद्यार्थीको मृत्यु भएको छ ।
काठमाडौं–३१, प्रयाग मार्गस्थित ओम शान्ती होस्टेलको तेस्रो तलाको छतबाट खसेर ४ वर्षीय बालिकाको मृत्यु भएको हो ।
सर्लाही मलगंवा नगरपालिका–१० का सन्तोषकुमार कर्णको ४ वर्षीया छोरी साक्षीकुमारी कर्णको मृत्यु भएको प्रहरीले जनाएको छ ।
होस्टेलको छतबाट जमिनमा खस्दा गम्भीर घाइते भएकी बालिकाको नागरिक अस्पताल, मिनभवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
थप अनुसन्धान जारी रहेको बताइएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








