बाग्लुङः पहिरोमा पुरिँदा सासूबुहारी बेपत्ता

बागलुङ, साउन ३० । निसीखोला गाउँपालिका–३ का मानबहादुर शाहीको घर आज बिहान गएको पहिरोमा पुरिँदा उनकी श्रीमती ६५ वर्षीया धनकुमारी र ३५ वर्षीया बुहारी डल्ली शाही बेपत्ता भएका छन् ।

पहिरोले क्षतिग्रस्त बनाएको घरभित्रै उनीहरु च्यापिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीवासी खोजी र उद्धारमा जुटेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताए ।

घरमुली मानबहादुर शाही गोठ गएको बेला घटना भएको जनाइएको छ । गएरातिको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि भौतिक क्षति पु¥याएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + nineteen =