किशोर–किशोरी पक्राउ गर्दा परिवार नियोजन साधन फेला पर्नु गलत होइन– गगन थापा

काठमाडौँ, साउन ३० । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले सांसद गगन थापाले सुरक्षित मातृत्व र प्रजनन सम्बन्धी विधेयक महिलाहरुका लागि मात्रै नभएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद गगन थापाले सुरक्षित मातृत्व तथा प्रजनन अधिकार सम्बन्धी विधेयकले सबै महिलाहरुलाई समेट्न नसकेको बताएका हुन् ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बुधवार संसदमा पेस गरेको ‘सुरक्षित मातृत्व प्रजनन अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथीको छलफलमा भाग लिँदै काँग्रेस सांसद थापाले भने, ‘प्रजनन अधिकार किशोर किशोरीहरुका लागि पनि हो, यसकारण यो पुरुष र महिला दुवैको अधिकारको लागि हो, उनले भने ‘

उनले महिलाहरुको आत्मसम्मानका लागि जन्मदर्ता गर्दा बाबुको पहिचान अनिवार्य भन्ने प्रावधान हटाइनुपर्नेमा समेत जोड दिए ।

त्यस्तै थापाले प्रहरीले किशोर किशोरी पक्राउ गर्दा परिवार नियोजन साधन फेला पार्नुलाई गलत किसिमले अथ्र्याएकोमा गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण समेत गराएका छन्।

परिवार नियोजनको साधन भेटाउनु भनेको गलत क्रियाकलाप नभएको उनले बताए । गृहमन्त्रीतर्फ लक्षित गर्दै उनले भने, ‘यो ऐन आएको सुरक्षाकर्मीहरूलाई बताइदिनुहुन आग्रह गर्दछु ।’

बुधबारको संसद बैठकले प्रजजन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *