तनहुँमा बस दुर्घटना, १६ घाइते, ५ जनाको अवस्था गम्भीर

तनहुँ, साउन ३० । बस र ट्रक आज एकापसमा ठोक्किँदा १६ जना घाइते भएका छन् ।

दमौलीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख ५४९१ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ३२९३ नं को ट्रक पृथ्वीराजमार्गको व्यास नगरपालिका– १२ बेलभञ्ज्याङ दुर्घटना भएको हो ।

गम्भीर घाइते बस चालक सुवास राईसहित पाँच जनालाई उपचारका पोखरास्थित मणिपाल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अन्य घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + one =