म्याग्दी: गाउँपालिकालाई निःशुल्क जगा

म्याग्दी, साउन ३० । मंगला गाउँपालिकालाई रु ४० लाख बराबरको जग्गा निःशुल्क प्राप्त भएको छ । मंगला गाउँपालिका–२ बाबियाचौर घर भइ हाल काठमाडा बस्दै आएका क्याप्टेन इन्द्रबहादुर अधिकारीले तीन रोपनी १५ आना तीन पैसा दुई दाम जग्गा गाउँपालिकालाई उपलब्ध गराएका हुन् ।

मंगलबार ७३ वर्षीय जग्गादाता अधिकारीले गाउँपालिकाका अध्यक्ष रोकालाई जग्गाकोे लालपूर्जा हस्तान्तरण गरे । सो जग्गा बाबियाचौरमा बालबालिका तथा ज्येष्ठ नागरिक उद्यान निर्माणका लागि प्रयोग गरिने गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =