भारत ७२ औं स्वतन्त्रता दिवस मनाउँदै , प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने

काठमाडौं, साउन ३० ।  भारतले आज ७२ औं स्वतन्त्रता दिवस मनाइरहेको छ । स्वतन्त्रता दिवसको अवसरमा राजधानी नयाँ दिल्लीमा रहेको लालकिल्लामा प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि उनले राजघाटमा भारतका राष्ट्रपिता महात्मा गान्धीको समाधिमा पुष्प अपर्ण गरेका छन् ।

लालकिल्लामा आयोजना हुने समारोहमा प्रधानमन्त्री मोदीले भारतलाई भ्रष्टाचार मुक्त शासन र गरिब, किसान तथा पिछडिएको वर्गको हितम ध्यानमा राखेर बनाइएको नीतिमा केन्द्रित भएर सम्बोधन गर्नेछन् । यस्तै, भारतीय राष्ट्रपति रामनाथ कोविन्दले स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिएका छन् ।

राष्ट्रपति कोविन्दले महात्मा गान्धीलाई स्मरण गर्दै हिंसाको तुलनामा अहिंसाको शक्ति कैयौं गुणा ठूलो हुने भएकाले भारतमा पनि गान्धीले दिनुभएको शिक्षाबाट सबैले ज्ञान हासिल गर्न सक्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *