रुकुम: हँसिया प्रहार गरी भाइ र छोराको हत्या

रुकुम, साउन ३० । रुकुम पश्चिम रुकुमको मुसिकोट नगरपालिका १४ लहरेखेतका एक व्यक्तिले आफ्नै भाइ र छोराको हत्या गरेका छन् । आक्रमणबाट अरु दुई जना छोराहरु घाइते भएका छन् ।

बुधबार बिहान करिब साढे ६ बजेतिर करिब ३७ वर्षीय शंकर विष्टले एक्कासी आफ्ना भाइ र छोराहरुलाई घरेलु हतियारले अन्दाधुन्द आक्रमण गरेका थिए । उनको आक्रमणबाट २० वर्षीय भाइ गोकर्ण र करिब ६ वर्षीय छोरा सुदर्शनको मृत्यु भएको प्रहरी हबल्दार गणेशबहादुर साउदले जानकारी दिनुभयो।

छोराहरु १३ वर्षीय प्रकाश र १० वर्षीय दिनेश घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । घाइते छोराहरुका अनुसार आमा पानी लिन गएको बेला प्रकाशले आक्रमण गरेका थिए ।

भाइ र छोराहरुलाई आक्रमण गरेपछि शंकरले आफूले आफैलाई टाउकोमा हतियार प्रहार गरेका थिए । उनी पनि सामान्य घाइते छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।स्थानीयले प्रकाशको मानसिक सन्तुलन ठीक नभएको बताएका छन् ।

यस घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी हबल्दार साउदले जानकारी दिनुभयो । घटनास्थल सदरमुकाम सल्लेबाट करिब एक घण्टाको पैदल दुरीमा पर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *