संसद बैठक आजपनि, थप विधेयकहरु प्रक्रियामा अगाडी बढ्ने

काठमाडौं, साउन ३० । व्यवस्थापिका संसदको बैठकमा आज पनि थप विधेयकहरु प्रक्रियामा अगाडी बढ्ने भएका छन् । हिजो संसदमा पेश भएका विधेयकलाई छलफलका लागि प्रक्रियामा लैजाने संसद सचिवालयले जनाएको छ ।

हिजो कार्यसूचीमा राखिएका सुरक्षित मातृत्व तथा प्रजनन स्वाथ्य अधिकार विधेयक, उपभोक्ता संरक्षण विधेयक र निवृत्तभरण कोष विधेयक माथीको स्रैद्धान्तिक छलफल आज हुनेछ ।

प्रतिनिधि सभाको आजको बैठक विहान ११ बजेका लागि बोलाइएको छ । विधेयकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ पनि दिनुहुनेछ । प्रतिनिधि सभाबाट नेपाल नागरिकता पहिलो संशोधन विधेयक र राहदानी विधेयक स्वीकृत भएको छ ।

हिजो बसेको प्रतिनिधि सभाको बैठकले नागरिकता सम्वन्धी विधेयक बहुमत र राहदानी सम्वन्धी विधेयक सर्वसम्मतीले स्वीकृत गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *