भूकम्पपीडित कृषकलाई ५३ लाख अनुदान

“पोखरा, साउन १०। जिल्ला पशु सेवा कार्यालय कास्कीले आर्थिक वर्ष २०७३÷७४ मा भूकम्पपीडित पशुपालक कृषकलाई रु ५३ लाख अनुदान वितरण गरेको छ ।

भूकम्प पुनःनिर्माण प्राधिकरणबाट प्राप्त अनुदान पाउनेमा जिल्लाका २६८ जना कृषक भएको कार्यालयका पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।

बाख्राको खोर, गाईभैँसीको गोठ, कुखुराको खोर, उच्च प्रजनन बाख्रा, बोका थुमा वितरण, बंगुरको पाठापाठी, कुखुराको चल्लालगायतमा उक्त अनुदान दिइएको कार्यालयले जनाएको छ”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *