इटाली: पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुग्यो, १२ जना बेपत्ता

काठमाडौं, साउन ३० ।  इटालीमा एउटा पुल भत्किँदा ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । इटालीको उत्तर पश्चिम शहर जेनोवामा पुल भत्किँदा १५ जना घाइते भएका छन् । अरु १२ जना हराइरहेका छन् ।

३ सय सुरक्षाकर्मीसँगै केही कुकुरको सहयोगमा उद्धारको प्रयास भैरहेको छ । ठूलो पानी परेपछि पुल भत्किएको भनिए पनि कारण भने अझै खुलेको छैन । पुल भत्किएको बेलामा त्यहाँ रहेका झण्डै ३५ कार र तीन वटा ठूला गाडी नदी, बाटो र केही घरमाथि खसेका बीबीसीले जनाएको छ ।

उद्धार कार्यमा रहेका एक कर्मचारीले इटालीको समाचार एजेन्सी अन्सालाई बताए अनुसार पुलको बाँकी रहेको भाग पनि भत्किन सक्छ त्यसकारण आसपासको विल्डिङ पनि खाली गर्न लागिएको छ ।

स्थानीय समय अनुसार मंगलबार बिहान साढे ११ बजे भारी वर्षाका कारण पुल भत्किएको थियो । प्रत्यक्षदर्शी पिएत्रो एम आल्साले इटालीको समाचार संस्था अन्सालाई बताए अनुसार पुलमा ठूलो चट्याङ परेको थियो र पुलको एउटा पिल्लर ढल्यो र पुल भत्कियो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *