‘ब्लफ कल’ गरे दुई वर्ष, अर्काको घरमा जबर्जस्ती छिरे तीन वर्ष कैद
२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन ३० । सामाजिक सञ्जालमा विभिन्न नेता तथा चर्चित व्यक्तिको फोटो बिगारेर सार्वजनिक गर्नेलाई दुई वर्षसम्म कैद वा २० हजारसम्म जरिवाना वा दुबै सजाय हुने भएको छ । मुलुकी ऐनलाई विस्थापित गरेर १ भदौदेखि लागू हुने अपराध संहिताले यस्तो व्यवस्था गरेको छ ।
संहितामा विनाकाम र दुःख दिने उद्देश्यले छलकपटपूर्ण टेलिफोन (ब्लफ कल) गर्नेलाई दुई वर्ष कैद वा २० हजार जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ । त्यस्तै, अनुमति तलिई अरुको घरमा छिर्नेलाई तीन वर्षसम्म कैद वा ३० हजार जरिवानाको व्यवस्था गरिएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








