काठमाडौंमा गएराति आएको बाढीले सयौं घर डुबानमा,दर्जनौ विस्तापित

काठमाडौं, साउन ३० । काठमाडौंको अनामनगर र आसपासको क्षेत्र धोवीखोलाको बाढीले डुबानमा परेको छ। मंगलबारराति आएको बाढीले सयौं घर डुबानमा परेका छन्। दर्जनौ घरपरिवार विस्तापित भएका छन्।

अहिले डुबान पीडितले घरभित्रका सामान निकाल्न र पानी निकाल्ने काम धमाधम भइरहेको छ। केही पसल समेत डुबानमा परेकाले लाखौंको क्षति भएको व्यवसायीले बताए। खोलामा फोहोर फाल्ने, खोलामा जम्मा भएको बालुवा सफा नगर्ने कारणले गर्दा हरेकवर्ष धोवीखोलाको बाढीले आसपासको बस्ती डुबानमा पर्ने गरेको छ।

त्यस्तै बुढानिलकण्ठ नगरपालिका १३ नयाँबस्ती दोभानस्थित चियाने खोलामा रहेको कच्ची पुल आसपासको सुकुम्बासी बस्ती समेत डुबानमा परेको छ। २०/२५ घरका नागरिकलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। काठमाडौंकै गौशालामा रहेको गंगाहिटी तरकारी बजार पनि डुबानमा परेको छ।

सिनामंगलमा रहेको सुकुम्बासी बस्ती समेत डुबानमा परेको छ। कालोपुल आसपासको क्षेत्र र गुहेश्वरी क्षेत्र समेत डुबानमा परेको प्रहरीले जनाएको छ। गोकर्णेश्वर नगरपालिका ४ माईती नेपाल र बानेश्वर क्याम्पस क्षेत्रमा समेत डुबान हुँदा सयौं नागरिक समस्यामा परेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *