नेपाल टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारी बर्खास्त
२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन ३० । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त भएकी छिन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रबन्ध निर्देशक राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए ।
२०७३ सालको असोजमा ३ वर्षको लागि प्रबन्ध निर्देशकमा नियुक्त भएकी कामिनी राजभण्डारीलाई केपी ओली नेतृत्वको सरकारले स्पष्टिकरण सोधेको थियो । तर उनले चित्तबुझ्दो जवाफ नदिएको भन्दै सरकारले बर्खास्त गरेको हो ।
टेलिकमको नाफा बढाउन नसकेको, गुणस्तर सुधारमा ध्यान नदिएको, फोर जी सेवा सञ्चालन गर्दा अनियमितता गरेको लगायतका आरोप उनिमाथि लाग्दै आएका थिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








