कैलालीमा फेरी बलात्कारको प्रयास, दोषिलाई कारबाहिको साटो प्रहरीको आलटाल

कैलाली, साउन २९ । पछिल्लो समयमा जबरजस्तीकरण, बलात्कार र हत्याका घटनामा दिन प्रतिदिन बृद्धि भैरहेको अवस्थामा कैलालीमा फेरी बलात्कारको प्रयास भएको घटना बाहिर आएको छ ।

जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ पिपरकोटीकी ४० बर्षिया तारादेवी ताम्राकारले आफुमाथि गाउँकै एक युवाको समुहले साउन २५ गते राति बलात्कारको प्रयास गरेको भन्दै न्यायको लागि पहल गरी दिन लम्कीमा पत्रकार सम्मेलन गरी माग गरेकी हुन् ।

ताम्राकारले सोहि गाउँका करीब २२ बर्षिया लक्ष्मण बोहोरा र बलियाका मंगल गिरी लगायतकाको समुहले साउन २५ गते राति साढे १० बजेतिर फोन गरी अपशब्द बोल्दै गालि गलौज गरेको र केहि समयपछि घरमा सुतेको समयमा आफुमाथि बलात्कारको प्रयास गरेको बताएकी छन् ।

आफुले प्रतिकार गर्दा बाँच्न सफल भएको बताउदै उनले पछिल्लो दिन घटनाको बारेमा उल्लेख गर्दै दोषिमाथि कारबाहिको लागि किटानी जाहेरी सहितको मुद्धा इलाका प्रहरी कार्यालय लम्कीमा दिँदा समेत दर्ता नगरी दिएको गुनासो गरेकी छन् ।

घटनाको सत्य तथ्य छानबीन गरी दोषिमाथि कारबाहि गर्नुको साटो किटानी जाहेरी दिँदा समेत प्रहरीले विभिन्न बाहाना गर्दै आलटाल गर्ने गरेको बताएकी छन् ।

दोषिलाई कारबाहि गर्नुको साटो प्रहरीले राति घरमा आएकालाई किन प्रतिकार गरेको भन्दै उल्टै आफुमाथि मुद्धा लगाई आफ्ना छोरा १९ बर्षिय अरुण ताम्राकार र २२ बर्षिय हेमन्त ताम्राकारलाई थुनामा राखेको गुनासो गरेकी छन् ।

महिलामाथि रातिको साढे १० बजेतिर सुतेको कोठामा अर्धनग्न अवस्थामा प्रबेश गरी बलात्कारको प्रयास गर्ने ब्यक्तिको नाममा किटानी जाहेरी समेत दिँदा पक्राउ नगरेको, आफ्नो मुद्धा दर्ता नलिएको भन्दै न्यायका लागि सम्पुर्ण पत्रकार तथा न्यायप्रेमिसंग पहल गरी दिन आग्रह गरेकी छन् ।

यस्तै दलित महिला संघ कैलालीकी अध्यक्ष बालकुमारी सुनारले घटनाको बारेमा आफुलाई जानकारी हुँदा साथ पिडित र प्रहरीसंग जानकारी लिएको तर प्रहरीले घटनालाई आलटाल गरी स्थानिय स्तरमै मिलाउन दबाव दिई रहेको बताएकी छन् ।

महिलामाथि बलात्कारको प्रयासका साथै घरमा सुति रहेकी महिलाका शरीरमा लगाएका कपडा समेत च्यातिएको घटनाको लिखित किटानी जाहेरी दिँँदा समेत कारबाहि प्रक्रिया अगाडि नबढनु दुखद भएको उनको भनाई छ ।

यस्तै मानव अधिकारकर्मि धनराज विक अविरल, दलितअधिकार कर्मि ढक बहादुर विक, रमादेवी बादीले समेत घटनाको घोर भर्सना गर्दै दोषिमाथि कडा भन्दा कडा कारबाहिको माग गरेका छन् ।

यता इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशीले भने घटनाको प्रकृति र उजुरी कर्ता पिडित तारा देवी ताम्राकारको बयान फरक परेकाले ढिलाई भएको बताउदै घटनाको बारेमा अनुसंघान भैरहेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *