मलेसियाले सबै देशसँग एउटै सिस्टमबाट कामदार लिने

काठमाडौँ, साउन २९ । मलेसियाले आप्रवासी कामदार लिने प्रक्रिया सबै देशसँग एउटै बनाउने भएको छ ।

मंगलबार संसदमा बोल्दै प्रधानमन्त्री महाथीर मोहमदले यसका लागि प्रक्रिया भैरहेको जानकारी गराएका हुन् । उनले पछिल्लो समय नेपालसँग देखिएको समस्या समझदारी गरेर टुङ्ग्याउने बताए ।

नेपालले प्रक्रियामा असहमती राख्दै कामदार पठाउन छाडेपछि मलेसियाले नयाँ नीति ल्याउन लागेको हो । ठगी रोकिएपछि मात्रै कामदार पठाउने अडानमा नेपाल रहेको छ ।

यहि अडानका कारण तत्कालै मलेसिया आफ्नो पूरानो नीतिमा पुनर्बिचार गर्न तयार भएको हो ।

यस विषयमा छलफल गर्न मलेसियाका मानव संसाधन मन्त्री एम कुला सेगरन नेपाल आउने भएका छन् । समझदारीपछि नेपाली कामदार मलेसिया जाँदा समस्या नहुने मलेसियाका प्रधानमन्त्रीले बताएका छन् ।

पहिलेको नियमका कारण समस्या भए त्यस्तो व्यवस्था खारेज गरेर नेपालसँग नयाँ सँम्झौता गर्ने बताएका छन् ।

प्रधानमन्त्री महाथीरले नेपाल, बंगलादेश लगायतका श्रमिक लिने देशसँगको अबको नीति एकै खालको हुने बताएका छन् । उनले बंगलादेशबाट कामदार पठाउने कार्यमा संलग्न १० वटा संस्था निलम्वन गरिएको संसदमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *