इनरुवा पोलि क्लिनिकमा चरम लापर्वाही ,एपेन्डिक्सका विरामीलाई पथरीको औषधी प्रयोग

इनरुवा २९ साउन । सुनसरी सदरमुकाम इनरुवाको अस्पताल चौकमा केही बर्ष अघि देखी संचालित इनरुवा पोलि क्लिनिकले त्यहाँ उपचार गर्न पुग्ने बिरामीलाई उपचारको नाममा लुट्ने र भएको रोगको सट्टा अर्कै रोगको उपचार सम्बन्धि औषधी प्रयोग गराई रोगीको ज्यानसँग खेलवाड गर्ने गरेको रहस्य खुलेको छ ।

इनरुवा पोलि क्लिनिकको नाममा कुनै चिकित्सक नै नराखी बिरामीको चेकचाँजका नाममा बर्षौ अघिदेखी लाखौं लुट गर्दै आएको इनरुवा पोलि क्लिनिकले बिगतमा दर्जनबढी बिरामीलाई गलत उपचार र गलत परिक्षण रिर्पोट दिएकै कारण अधिकांशको ज्यान समेत गई सकेको छ ।

साउन महिनाको १९ गते पेट दुखेको कारण इनरुवा पोलि क्लिनिक पुगेको इनरुवा ३ का ११ बर्षिय लक्ष्मी यादवलाई उक्त पोलि क्लिनिकमा कार्यरत्त सिनियर अहेबले चेकजाँच गरेपछी भिडियो एक्स–रे लगायतका चेकजाँच गराउन निर्देशन दिए अनुसार बिरामीकी आमा सन्तोषी यादवले लाग्ने शुल्क तिरी सोही पोलि क्लिनिकभित्र रहेको भिडियो एक्स–रे सेवाबाट एक्स–रे गराईन ।

जहाँ डा. सन्तोष कुमार भगत रेडियो लोजिस्टको रुपमा थिए । एन.एम.सी. नम्बर ११७४१ रहेका भगतले बिरामी बालकको एक्स–रे गरी दिएको रिर्पोटमा किड्नी भित्र २ एम.एमको पथरी रहेको डाईग्नोसिस रिर्पोट दिएपछी त्यहाँ कार्यरत्त इनरुवा पोलि क्लिनिकका सिनियर अहेबले सोही अनुसारको औषधी चलाउदा अर्को दिन बिरामी बालकको अवस्था गम्भिर बनेको थियो ।

डाक्टरको लापर्वाहीले गर्दा एपेन्डिक्सको समस्या रहेका बालकलाई किड्नीमा पथरी भएको भन्दै औषधी प्रयोग गराउँदा बालकलाई झनै समस्या परेको थियो ।

इनरुवा पोलि क्लिनिकले गरेको उपचारको गलत प्रवाह भोली पल्टै परेपछी रातारात थप उपचारका लागि बालकलाई बिराटनगरस्थित लाईफ गार्ड अस्पताल लगिएपछी त्यहाँ गरिएको परिक्षण पश्चात इनरुवा पोलि क्लिनिकले गरेको सबै परिक्षण झुठो साबित भएको थियो ।

थप उपचारका लागि बिराटनगर गएका लक्ष्मीलाई तत्कालै डाईग्नोसिस गर्दा उनको किड्नीमा पथरी होइन, एपेन्डिक्स फुटी सकेको थियो । तत्कालै उनलाई अप्रेशन गरी उनको ज्यान जोगाईएको थियो ।

त्यहाँका चिकित्सकले केही बेर अझ ढिलो गरेको भए बालकलाई बचाउन सकिदैँन थियो भन्ने अभिब्यक्ति दिदैँ गलत औषधीको प्रयोगबाट बालकको एपेन्डिक्स फुटेर शरिरका केही भागमा बिष फैलिएको बताएको थियो ।

लामो समयदेखी इनरुवाको अस्पताल रोडमा योगेन्द्र मेहताले अगुवाई गर्ने नेशनल मेडिसिन सेन्टरको छत्रछाँयामा इनरुवा पोलि क्लिनिक प्रा.लि संचालनमा छ । यस अघि समेत दर्जनौं सर्वसाधारण त्यहाँको उपचारबाट ठगिएर ज्यान समेत गुमाएका छन् ।

घटनाबारे बिस्तृत अनुसन्धानसँगै ठगि कार्यमा खप्पिस इनरुवा पोलि क्लिनिकबिरुद्ध पीडित बालकका अभिभावकले कानुनसँगै बिभिन्न संघसंस्थाहरुलाई कार्वाहीका लागि गुहारिसकेका छन् ।

इनरुवा पोलि क्लिनिक र त्यहाँका चिकित्सकबिरुद्ध कानुनी उपचारसँगै सामाजिक बहिष्कार समेत गराउने प्रक्रिया आजबाट थालिने पीडित बालककी आमा सन्तोषी यादवले बताईन् ।

स्मरणिय रहोस नेपाल सरकारले इनरुवाको स्वास्थ्य उपचार क्षेत्रमा निगरानी नबढाउँदा हजारौं सर्वसाधारण उपचारको नाममा ठगिदैँ आएका छन् ।

इनरुवा पोलि क्लिनिकका सिनियर अहेव तारणि प्रसाद यादव र रेडियोलोजिष्ट डा. एस.के भगतले लापर्वाहीपूर्वक उपचार गरेको कागजी प्रमाणसहित उनिहरुलाई कार्वाहीका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमा मंगलबार पीडितकी आमा सन्तोषी कुमारी यादवले उजुरी दर्ता गराएकी छन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले सो घटनाको बिषयमा चासो लिँदै छानविनका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *