बेलबारीमा नोबेलको निःशुल्क शिविरबाट छ सय बिरामी लाभान्वित (फोटो फिचरसहित)

विराटनगर, साउन २९ । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले मोरङको वेलवारी नगरपालिकामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिव ६ सय बिरामी लाभान्वित भएका छन् ।

बेलवारी–४ धरहरास्थित पञ्चायत निम्न माध्यमिक बिद्यालयमा गरिएको शिविरबाट ५ सय ८७ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।

शिविरमा १ सय १९ जनाको भीडीयो एक्सरे, ४७ जनाको ईसीजी र १ सय ३३ जनाको ल्यावटेष्ट गरिएको नोबेल अस्पतालका मार्केटिङ अफिसर सञ्जय मण्डलले जानकारी दिए । उनका अनुसार दातमा समस्या भएर निकाल्नुपर्ने अवस्थाका १३ जनाको दात उखेलिएको छ ।

आँखा रोग, हाडजोर्नी तथा नसा सम्बन्धि समस्या र मेडिसिनमा बढी मात्रामा बिरामीले उपचार गराएका छन् । त्यस्तैगरी स्त्री तथा प्रसुति, बाल रोग, नाक कान घाँटी लगायत रोगको पनि उपचार गरिएको छ ।

शल्यक्रिया गर्नुपर्ने तथा गंभीर प्रकृतिका ९७ जना बिरामीलाई थप उपचारका लागि नोबेल अस्पताल रिफर गरिएको छ । शिविरबाट रिफर भएर आएका बिरामीलाई अस्पतालमा पूर्ण रुपमा निःशुल्क उपचार गरिने नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ ।

बालबालिकादेखि बृद्धबृद्धासम्मको उपचार गरिएको शिविरमा नोबेल अस्पतालबाट २२ जना स्वास्थ्यकर्मीको टोली उपचारका लागि खटिएको थियो ।

नोबेल अस्पतालले नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएकाले उपचारमा सहज भएको स्थानीय डम्बर बस्नेतले बताए । ग्रामिण क्षेत्रका बिपन्न तथा उपचारको सहज पहुँच भन्दा बाहिर रहेका बिरामीलाई लक्षित गरी नोबेल अस्पतालले गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *