मोदीले पशुपतिनाथ मन्दिर परिसरमा निर्माणधीन धर्मशालाको उद्घाटन गर्ने

काठमाडौं, साउन २९। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिर परिसरमा निर्माणधीन धर्मशालाको उद्घाटन गर्ने भएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालद्धारा आयोजित साक्षात्कारमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले अगष्ट ३० र ३१ तारेखमा काठमाडौंमा हुने विमस्टेकको शिखर सम्मेलनमा भाग लिन आउँदा भारतीय प्रधानमन्त्री मोदीले पशुपति धर्मशालाको उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

उनले भने,’हाम्रो प्रधानमन्त्री नेपाल आउँदा पशुपति धर्मशाला उद्घाट्न गर्ने कार्यक्रम छ । यो खुशीको कुरा हो । तीर्थयात्रीहरुलाई बस्नको लागि अत्यन्तै सहज हुन्छ ।’

भारतीय प्रधानमन्त्री चौथो पटक नेपाल आउन लागेको सुनाउँदै उनले भने,’यसले पनि देखाउँछ कि हाम्रो प्रधानमन्त्री मोदीको छिमेकी पहिले नीतिमा उहाँ प्रतिबद्ध हुनुहुन्छ । नेपालको जस्तोसुकै समस्यामा पनि भारतको हमेशा साथ र सहयोग रहन्छ । नेपाल भारतको सदैव उच्च प्राथमिकतामा छ ।’

राजदूत पुरीले भने, ‘नेपाल र भारतबीचको नाता विशेष छ । मोदी चौथो पटक नेपाल भ्रमणमा आउनुले नै हाम्रो सम्बन्ध बलियो र मजबुत छ भन्ने कुराको पुष्टि गर्छ । नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्ध अब उच्च राजनीतिक तहमा पनि केन्द्रित छ भन्ने कुरा प्रष्ट देखिन्छ ।’

मोदीले आफ्नो कार्यकालमा चार पटक नेपाल भ्रमण गर्नु आफैमा महत्वपूर्ण रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *