हुम्लामा हेलिकोप्टरको पंखाले लागेर भारतीय नागरिकको मृत्यु
२०७४ जेठ १५ गते

“
काठमाडौँ, साउन २९ । हुम्लामा कहेलिकोप्टरको पंखाले लागेर एक जनाको मृत्यु भएको छ । अपरान्ह सवा ३ बजेतिर प्यासेन्जर ओराल्दै गर्दा हेलिकोप्टरको पछाडिपट्टीको पंखाले लागेर भारतीय नागरिक नगेन्द्र कार्तिकको मृत्यु भएको हो ।
सिमकोटकबाट हुम्लाको हिल्सामा गएको मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर उनको मृत्यु भएको हो । अपरान्ह सवा ३ बजे प्यासेन्जर ओराल्दै गर्दा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
हाल जिल्ला प्रहरी कार्यालय, हुम्लाको टोली मुचुल्का लागि घटनास्थलतर्फ गएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








