कर होइन सेवा सुविधा बढाउनुस्– कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौँ, साउन २९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता, पूर्व अर्थमन्त्री तथा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको करले गरीब जनता मारमा परेको भन्दै सेवा सुविधा बढाउन माग गरेका छन् ।

संघीय संसद अर्थ समितिको मंगलबारको बैठकमा सांसद कार्कीले सरकारले बढाएको करमा गरीब जनताहरु नै मारमा परेको बताउँदै सरकारलाई कर नभइ जनताको सेवा र सुविधा बढाउन माग गरेका हुन् ।

सरकारले जनताको कर उठाउँदा जनताको क्षमता नहेरेको उनको आरोप छ । राजस्वको कर निर्धारणको प्राथमिकतालाई समयानुकूल परिमार्जन गर्दै लैजान ध्यानाकर्षण गराउँदै उनले भने ‘जनताको आर्थिक क्षमता हेरेर मात्रै कर लिनुपर्छ, सरकार सेवा सुविधा घटाउने र कर बढाउने बाटोमा लागेको छ ।, यसले तल्लो वर्गका जनतालाई थप मारमा पार्छ।’

उनले आयात प्रतिस्थापन गरेर व्यापार घाटा कम गर्न पनि सरकारसँग आग्रह गरे। राजस्वको कर निर्धारणको प्राथमिकतालाई समयानुकूल परिमार्जन गर्दै लैजान पनि उनले सरकारको ध्यानाकर्षण गराए।

सांसद कार्कीले मुलुकलाई समृद्ध बनाउन निजी क्षेत्रको सहकार्यलाई उच्च प्राथमिकता दिन पनि उनले सरकारसँग आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *