विपत व्यवस्थापन तालिम सम्पन्न

काठमाडौँ, साउन २९ । प्रदेश नं १ को सुन्दर पर्यटकिय क्षेत्र धनकुटाको भेडेटारमा विपत न्युनिकरणका लागी सञ्चार माध्ययम परिचालनको २ दिने तालिम मंगलबार सम्पन्न भएको छ ।

पत्रकारहरुले चलाउने कलमले विपत व्यवस्थापनमा आम मानिसहरुलाई कसरी सहजता पुर्याउने भन्ने उद्देश्यले गरेको तालिमको आयोजना वल्र्ड भिजनले गरेको थियो ।

जुनसुकै बेला आउने विपतलाई कसरी न्युनिकरण गर्ने, विपतपछिको अवस्थामा उद्धारका प्रयास र ती अवस्थामा गरीने पुनः निर्माणका कामलाई प्रभावकारी ढंगले सामाचार माध्यमबाट परिचालन गर्नका लागि धनकुटाको भेडेटारमा सो तालिमको आयोजना गरिएको थियो ।

तालीममा पूर्वी नेपाल अन्तर्गतका १ नं प्रदेशका सुनसरी जिल्लाका विभिन्न सञ्चार माध्ययमका गरी ३१ जनाको सहभागीता रहेको थियो ।

विपत व्यवस्थापन तथा पूर्व तयारीका बारेमा सञ्चार माध्ययमहरुले सामाचारलाई कसरी प्राथमिकता दिने भन्ने विषयमा तालिम प्रदान गरिएको युथ क्रिएशन सुनसरीका कार्यक्रम संयोजक नवराज सुवेदीले जानकारी दिएका छन् ।

सामुदायिक विकास कार्यक्रम अन्तर्गत वल्ड भिजनको आर्थिक सहयोग, नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्य तथा युथ क्रिएशन सुनसरीको आयोजनामा भएको थियो ।

सोही तालीममा सहभागीहरुले पत्रकारहरुले विपत व्यवस्थापन सम्बन्धी प्रयोगात्मक अभ्यास गर्नुका साथै सो तालिमले आ–आफना मिडियामा समाचारलाई दिने स्थानको प्राथमिकताको विषयका जिज्ञासा राखेका थिए ।

कुल ३ लाख २६ हजार २ सयको लागानीमा दुई दिनसम्म दिईएको तालिममा अग्रज पत्रकार यज्ञ प्रसाद शर्माले समेत विपतको बेला गर्ने समाचार रिपोटिङका बारे जानकारी दिएका थिए ।

तालिमका साथै आयोजकहरुले पत्रकारहरुलाई झटपट झोलाका साथै पेन ड्राइभ समेत प्रदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *